३० भदौ काठमाडौं। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी (विद्युतीय) माइक्रो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको माइक्रो मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा सवार ८ जनामध्ये ४ जनाको मृत्यु भएको छ भने ३ गम्भीरसहित ४ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने बाँकी ३ जनालाई काठमाडौंतर्फ लगिएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन्। दुर्घटनाको थप विवरण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ।












