बारामा एकजना ६० बर्षीय बृद्धको घाटी रेटेर विभत्स हत्या भएको छ । शनिबार राति ८ बजेको समयमा महागढ़ीमाई नगरपालिका वडा नम्बर १ बस्ने ६० बर्षिय बृद्ध श्रीनारायण यादवको घटी रेटेर हत्या भएको हो ।

अज्ञात व्यक्तिले यादवमाथि उनकै घर अगाडी धारिलो हतियार प्रहर गरी घाटी रेटेर फरार भएका हुन् । यादवलाई तुरुन्तै उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

यादवको हत्या कसले र किन गरको हो भन्ने खुल्न सकेको छैन । घटना जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले मुचुल्का उठाई घटनाको अनुसधान गरिरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर