अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्पुटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको स्रोतले बताएको छ।

अख्तियारले वडा क्षेत्रबाट अदालतका दुई जना कर्मचारीलाई पक्राउ गरेको कपिलवस्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँले पुष्टि गरे। दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएको बुझिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर