१ असोज, बारा। बाराको कलैया उपमहानगरपालिका–११ मा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको भौतिक तथा पशुधनको क्षति भएको छ।

स्थानीय हनुमान प्रसाद साहको घरमा बुधबार राति करिब १ बजे बिजुलीको तार सर्ट भएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

रातको समयमा भएको उक्त आगलागीमा परेर घरमा बाँधिएका एउटा बाछो, एउटा भैँसीको पाडो र दुईवटा बाख्रा जलेर मरेका छन्।
घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार आगलागीबाट रु. ५ देखि ७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर