१असोज, बारा। वास्तु, शिल्पकला र प्रविधिका देवता भगवान् विश्वकर्माको स्मरण गर्दै आज देशभर उत्साहका साथ विश्वकर्मा पूजा मनाइँदै छ। हरेक वर्ष असोज १ गते अर्थात् कन्या सङ्क्रान्तिको दिन मनाइने यस पर्वमा विशेष गरी कलकारखाना, उद्योग, ग्यारेज, प्राविधिक प्रतिष्ठान तथा सञ्चार गृहहरूमा भव्य रूपमा पूजाआजा गरिँदै छ।

यस दिन श्रमिक र प्राविधिकहरूले आफूले प्रयोग गर्ने मेसिनरी औजार, कम्प्युटर, क्यामेरा, सवारी साधन र फलामका उपकरणहरूको विशेष सरसफाइ गरी पूजाआजा गर्छन्। आजका दिन कलकारखाना तथा ग्यारेजहरूमा नियमित काम स्थगित गरी भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरेर कर्मचारी तथा श्रमिकहरू एकत्रित भई पूजा र प्रसाद वितरण गर्ने चलन छ।

धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई ब्रह्माण्डका पहिलो निर्माणकर्ता तथा इन्जिनियर मानिन्छ। उहाँको आराधना गर्नाले कार्यक्षेत्रमा हुने दुर्घटनाबाट जोगिन सकिने र व्यवसायमा उन्नति, समृद्धि तथा सफलता मिल्ने जनविश्वास रहेको छ। यस्तै, यस पर्वले मानव जीवनमा श्रम, प्रविधि र औजारप्रतिको सम्मानलाई थप प्रगाढ बनाउँछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर