बिश्वास सम्बादाता
कलैया,असोज १
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ३ मा डाकिएको वडा अधिवेशन तयारी बैठक सम्पन्न भएको छ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, बाराको आयोजनामा वडा अधिवेशन तयारी बैठक सम्पन्न भएको ।
भेलामा महाधिवेशनका लागि वडा अधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा आवश्यक समन्वयका विषयमा छलफल गरिएको छ।
भेलाले असोज ३ गते सबै वडामा अधिवेशन भब्यताका साथ हुने भएपछि उत्साहित भएर वडावडामा गएको नेताहरुले बताएका छन ।
छेत्रीय सभापति प्रभात कुमार चौरसियाको अध्यक्षता एवम पार्टीका केन्द्रिय सह महामन्त्री तथा नेपाल सरकारका पुर्व मन्त्री फरमुल्लाह मन्सूरको प्रमुख आतिथ्यमा भएको भेलामा केन्द्रिय सदस्य रामानन्द यादव,जिल्ला सभापति मनोज भट्ट,पुर्व जिल्ला सचिव तेजनारायण साह कलवार,प्रतिनिधि सभा सदस्य पदको समानुपातिक उम्मेदवार प्रीयन्का दास,नेपाल ट्रेड युनियन काङ्ग्रेस बाराका अध्यक्ष बिश्वमणी शर्मा,पुर्व छेत्रीय सभापति फुलमहमद मन्सूर,नेताहरु श्रीराम चौधरी,सन्जय गुप्ता सहित सयौ नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
काङ्ग्रेस युवा नेता पन्कज पान्डेले सन्चालन गरेको कार्यक्रममा स्वागत छेत्रीय सचिव राजेश भन्डारिले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर