साजिर मन्सूर
कलैया,मङ्सिर ६



मतस्य छेत्रमा लगानी वृद्धि खाद्द सुरक्षा दिगो बिकास र समृद्धि भन्ने नारा सहित बारा कलैयामा विश्व मतस्य दिवस कार्यक्रम मनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कार्यछेत्र बारा र पर्साको आयोजनामा भएको कार्यक्रम कलैया १ को सिदेस्वर संस्कृत मा बिको सिदेस्वर पोखरिको डिलमा सम्पन्न भएको हो ।

oplus_0
सो कार्यक्रममा मुलुकको बिकासको लागि उत्पादन जरुरी रहेको बताउदै प्रमुख अतिथि प्रजिअ वसन्त अधिकारीले यसमा सबै लाग्नु पर्ने बताए । देशको १८ प्रतिशत माछा उत्पादन गर्ने कलैयामा “कलैया सेकुवामय जस्तै माछामय हुनुपर्नेमा जोड दिए” । कानुनी रुपमा माछाको बिकासका लागि माछा बिक्रि केन्द्रको उचित ब्यवस्थापन हुनुपर्ने बताए ।
पत्रकार साजिर मसूरले सो अवसरमा करेन्ट ले माछा मार्नेलाई कार्वाही किन भएन ?१८ प्रतिशत उत्पादन भैरहेको जिल्लाका जनताले बारामा नै माछा किन महङ्गो खानुपर्ने ?प्रश्न गरेका थिए ।

oplus_2
माछा ब्यवसायी संघ बाराका अध्यक्ष बिरेन्द्र कुमार चौधरीको अध्यक्षता एवम बाराका प्रजिअ वसन्त अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,भेटेनरी रामकिशोर साह,गणेश महरा,मत्स्य केन्द्रिय उपाध्यक्ष मदुसुदन अधिकारी लगायतकाको उपस्थिति थियो ।
ईर्साद अन्सारीले सन्चालन गरेको कार्यक्रममा स्वागत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई बाराका प्रमुख डा.हेमचन्द्र जयस्वारले गरेका थिए ।









