बारा – “कृषिमा लगानी : अबको प्राथमिकता” भन्ने प्रस्तावित सहित राष्रिएकय कृषि कम्पनि नेपाल लिमिटेडले बाराको सदरमुकाम कलैयामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अन्तर्क्रिया कार्यक्रममा कृषि क्षेत्रको रुपान्तरणका लागी आवश्यक पहलहरु , सम्भावित लगानीको अवसरहरु र यस क्षेत्रमा बिकास गर्न सकिने कार्य योजनाको बारेमा छलफल भएको छ ।

यो अन्तरक्रियाले कृषक सशक्तीकरण र कृषि व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजक संस्था राष्ट्रिय कृषि नेपाल लिमिटेडले बिश्वास लिएको छ ।

अन्तर्रिालया कार्यक्रम पश्चात बिश्वास एफएमसंग कुरा गर्दै राष्ट्रिय कृषि कम्पनि नेपाल लिमिटेडका फाउण्डर बिशाल उपाध्यायले आफुहरु अहिलेसम्म १० वटा स्थानमा अन्तर्क्रिया गरिसकेको बताउनुभयो ।

उहाँले १० स्थानमा गरिएको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो । ६० जनाबाट सुरु गरिएको यो कम्पनीमा अहिले करिब ५ सय जना आबद्ध भएका उपाध्यायले जनाउनुभयो ।

देशको राजधानी काठमाण्डौसहित बिभिन्न १० स्थानमा गरिएको अन्तर्क्रिया कार्यक्रमको एउटै उधेश्य कृषिमा क्रान्ति ल्याउने रहेको फाउण्डर उपाध्यायको जिकिर छ ।

आजको दिनमा आफ्ना संस्थाको कुल नेटवर्थ १५ लाख रहेको र बिभिन्न ब्यक्ति तथा लगानीकर्ताहरुले सेयर कारोबार गरिरहेको फाउण्डर उपाध्यायले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर