साजिर मन्सूर

कलैया, श्रावण ४

नेपाली काङ्ग्रेसले सञ्चालन गरिरहेको ‘जरा अभियान’ अन्तर्गत बारा जिल्लामा आयोजित कार्यक्रम सम्पन्न भएको छ। अभियानका क्रममा केन्द्रबाट खटिएका प्रतिनिधि केन्द्रिय सदस्य मथुरा घिमिरेले पार्टी संगठनलाई गाउँ–टोलसम्म सुदृढ बनाउँदै कार्यकर्ताबीच एकता, अनुशासन र सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काङ्ग्रेस जनताको विश्वास जित्दै लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको रक्षा तथा समृद्ध नेपालको निर्माणमा निरन्तर लागिरहेको बताए। पार्टीको बलियो आधार भनेको वडा र टोलस्तरका कार्यकर्ता भएकाले संगठनलाई अझ प्रभावकारी बनाउन ‘जरा अभियान’ सञ्चालन गरिएको उनले उल्लेख गरे।

उनले अभियानमार्फत पार्टीका पुराना तथा नयाँ सदस्यबीच समन्वय बढाउने, संगठनलाई चलायमान बनाउने र जनताका समस्या तथा सुझाव प्रत्यक्ष रूपमा संकलन गरी पार्टीको नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्य रहेको स्पष्ट पारे। उनले काङ्ग्रेस को नया सदस्यताका सवालमा जेन्जी पुस्तालाई अधिकतम समावेश गराउन जोड दिए ।

केन्द्रिय सदस्य बिनिता खड्काले सदस्यता बिवादमा लचक भएर देश र जनता प्रती उतरदायी भएर सम्पुर्ण देशप्रेमी काङ्ग्रेस जन एक हुन जरुरी रहेको बताईन ।

नेपाली काङ्ग्रेस बाराका कार्यवाहक सभापती मनोज भट्ट को अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रिय सदस्य रामानन्द यादव,प्रदेश उप सभापति चन्द्रशेखर यादव,प्रदेश सह महामन्त्री जयनारायण यादव, जिल्ला तथा क्षेत्रीय नेतृत्व, पालिका सभापतिहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले अभियानले पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

नेपाली काङ्ग्रेस बाराले ‘जरा अभियान’ अन्तर्गत जिल्लाका विभिन्न पालिका र वडामा समेत कार्यक्रम सञ्चालन गर्दै संगठन विस्तार, सदस्यता अभिवृद्धि तथा कार्यकर्ता परिचालनलाई तीव्रता दिने जनाएको छ।

सो अवसरमा साउन ६ गते देश ब्यापी रुपमा बिपि जयन्ती मनाउने कार्यक्रम अनुसार भोलि ११ बजे जिल्लाका नेताहरु बारा पार्टी कार्यालय नजिक रामजानकी मन्दिर प्राङ्गणमा उपस्थित भएर पार्टी कार्यालय जाने कार्यक्रम रहेकोले सबैलाई सहभागी हुन कार्यवाहक सभापति भट्ट ले आग्रह गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर