विश्वास डेस्क
१३ भदौ। भोटेकोशी (त्रिशूली) नदीमा आएको आकस्मिक बाढी र लेदोका कारण तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा थुप्रिएको लेदो हटाएपछि रोकिएका सवारीसाधन, एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सेवालाई एकतर्फी रूपमा अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बैरेनी, महेशदोभान, बाङ्गे र जरेखेतलगायत क्षेत्रमा अझै ठूलो मात्रामा लेदो जमेकाले पूर्ण रूपमा राजमार्ग खुलाउन सकिएको छैन। लेदो नसुकिएकाले पन्छाउन कठिनाइ भइरहेको र थप समस्या नआएमा मात्र सार्वजनिक तथा भारी सवारीसाधन सञ्चालनमा ल्याइने धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्। सडक जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई सूचना लिएर मात्रै वा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।
यसैबीच, बाढीले गल्छी–स्याफ्रुबेँसी सडक बगाएपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई काठमाडौं–टोखा–छहरे–कालिकास्थान हुँदै धुन्चे जोड्ने वैकल्पिक मार्गमार्फत पुनः यातायात सेवामा जोडिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर