विश्वास डेस्क
कलैया, बारा ।
कलैयाका विभिन्न राजनीतिक धारमा रहेका युवा, विद्यार्थी, पेशाकर्मी तथा गैरराजनीतिक क्षेत्रका युवाहरूले कलैयालाई सुरक्षित, व्यवस्थित, सभ्य र आधुनिक शहर निर्माण गर्नुपर्ने मागसहित नगर प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
युवाहरूले कलैयामा आधुनिक AI-Integrated Security Surveillance System सहित उच्च गुणस्तरका CCTV क्यामेरा जडान गरी २४ घण्टा डिजिटल निगरानी, सडक तथा चौकमा पर्याप्त विद्युत् तथा सोलार स्ट्रीट लाइटको व्यवस्था गर्न माग गरेका छन्।
त्यस्तै, सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी रात्रीकालीन सुरक्षा गस्ती, मोबाइल एम्बुलेन्स तथा द्रुत प्रतिक्रिया दिने आपतकालीन सुरक्षा प्रणाली स्थापना गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ।
युवाहरूले लागुऔषध नियन्त्रण तथा युवा संरक्षणका लागि रोकथाम, जनचेतना, पुनस्थापना र निगरानीसहितका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न तथा स्थानीय युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्न सहुलियतपूर्ण/बिनाधितो ऋण र आवश्यकताअनुसार ब्याज अनुदानको व्यवस्था गर्न पनि माग गरेका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा युवाहरूले यी मागहरू कुनै व्यक्ति वा पक्षको विरोधका लागि नभई नागरिकको सुरक्षा, सम्मान र भविष्यसँग जोडिएका आधारभूत आवश्यकता भएको बताएका छन्।
उनीहरूले मागहरूमा गम्भीर पहल गरी दशैँअघि नै अत्यावश्यक कामहरू प्राथमिकताका साथ अघि बढाउन नगरपालिकासँग आग्रह गरेका छन्। माग सम्बोधनमा ठोस पहल नभए नागरिक आवाजलाई थप सशक्त बनाउन संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।
“सुरक्षित कलैया, व्यवस्थित कलैया, आधुनिक कलैया” भन्ने नारासहित युवाहरूले स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर