२ असोज, बारा। वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

बिहीबार राति करिब साढे ९ बजे घटना भएको प्रारम्भिक जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयका अनुसार सोही टोलका करिब ६० वर्षीय हसनजान मियाँमाथि बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ।

प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा घटनास्थलमा आक्रोशित स्थानीय र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको थियो। कानूनी कारबाही पर्याप्त नहुने भन्दै स्थानीय आफैँले कारबाही गर्न अघि बढेपछि स्थिति अनियन्त्रित बनेको हो। स्थिति नियन्त्रणमा लिन सदरमुकाम कलैयाबाट थप प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर पारेपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा लगेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। बालिकाको स्वास्थ्य अवस्था, घटनाको प्रकृति तथा आरोपितविरुद्ध लाग्ने कानूनी कसुरबारे थप विवरण आउन बाँकी रहेको छ।

केही साताअघि मात्रै जीतपुरसिमरा–१ मा पनि एक बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो, जसले जिल्लाभर सुरक्षा र न्यायको विषयलाई लिएर आक्रोश बढाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर