बिश्वास सम्बादाता
बारा,असोज २
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गतका वडा अधिवेशन आगामी ३ र ४ गते उत्साहपूर्वक सम्पन्न गर्ने निर्णय गरिएको छ।
अधिवेशनको तयारी तथा संगठनात्मक विषयमा छलफल गर्न परवानीपुर गाउँपालिका–५, नौतन टोलमा आयोजित कार्यक्रममा क्षेत्रअन्तर्गतका चारवटै गाउँपालिकाका कांग्रेस नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य लालबाबु सिंह रहेका थिए। नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ताले सञ्चालन गरेको कार्यक्रममा प्रसौनी गाउँपालिका कांग्रेस सभापति हरि राउत पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ ‘ख’ का सभापति लोकेश सिंहले गरेका थिए। कार्यक्रममा कांग्रेस बारा जिल्ला उपसभापति अमेरिलाल पाल, फेटा गाउँपालिका सभापति मनोज शाह, परवानीपुर गाउँपालिकाका कार्यवाहक सभापति लोहासिंह पटेल, युवा नेता दिनेश शाह, विजय गुप्तालगायतको उपस्थिति थियो।
कार्यक्रममा वडा तहदेखि नै पार्टी संगठनलाई सक्रिय, व्यवस्थित र मजबुत बनाउँदै आगामी महाधिवेशनलाई सफल बनाउने विषयमा छलफल गरिएको जनाइएको छ। सोही क्रममा निर्धारित मिति ३ र ४ गते वडा अधिवेशन उत्साहपूर्वक सम्पन्न गर्ने निर्णयसमेत गरिएको बताइएको छ।
पार्टीको महाधिवेशन प्रक्रियालाई तल्लो तहबाटै मजबुत बनाउन वडा अधिवेशनलाई महत्वपूर्ण रूपमा लिइएको कांग्रेसका क्षेत्रीय प्रतिनिधि अनिलकुमार साहले बताए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर