२२असोज, बारा। चर्चित भारतीय अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ।
गोवास्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल लगिएको र चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि बचाउन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार बिहान ५:२० बजे हृदयाघातका कारण उनको निधन भएको जनाइएको छ।



सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले ‘अंकुश’, ‘परिन्दा’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘वेलकम’ जस्ता ६० भन्दा बढी चर्चित हिन्दी तथा मराठी फिल्महरूमा काम गरेका छन्। ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका उनलाई सन् २०१३ मा भारत सरकारले ‘पद्मश्री’ बाट सम्मानित गरेको थियो।
उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक प्रभावशाली र बहुमुखी कलाकार गुमाएको छ।









