२८ कार्तिक, बारा। श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि गरिँदैछ। कार्तिक शुक्ल पञ्चमीका दिन मनाइने यस विधिमा व्रतालुहरू बिहानैदेखि दिनभर निराहार उपवास बसी साँझपख कुलदेवता र छठी माताको आराधना गर्ने परम्परा छ।

खरनाका अवसरमा आज साँझ व्रतालुहरूले माटोको नयाँ चुल्होमा सख्खर (गुँड), दूध र चामलबाट पकाइएको खीर (रसियाव), गहुँको रोटी तथा केरा ,मुला स्याउलगायतका प्रसाद तयार पारी छठी मातालाई चढाउँछन्। पूजापछि व्रतालुले शान्त वातावरणमा उक्त प्रसाद ग्रहण गर्ने र परिवारजन तथा छरछिमेकलाई वितरण गर्ने चलन छ।

आज साँझ खरनाको प्रसाद ग्रहण गरेसँगै व्रतालुहरूको करिब ३६ घण्टा लामो कठोर ‘निर्जला’ (पानीसमेत नपिउने) व्रत सुरु हुनेछ। चार दिवसीय छठ पर्वअन्तर्गत भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई ‘सन्ध्या अर्घ्य’ र सोमबार बिहान उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिई पारन गरेपछि यस वर्षको छठ अनुष्ठान विधिवत् रूपमा सम्पन्न हुनेछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर