साजिर मन्सूर
बारा, ९ मंसिर
बाराको फेटा गाउँपालिका–१, त्रिवेणीस्थित खैराती माइको मेलामा निःशुल्क कपडा बैंक फेटाले करिब १५० जनालाई निःशुल्क कपडा वितरण गरेको छ।
मेलाको अवसरमा आयोजित कार्यक्रममा मेला समितिका पदाधिकारीहरूको हातबाट कपडा वितरण गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
मेला आगामी शनिबारसम्म सञ्चालन हुने भएकाले निःशुल्क कपडा वितरण कार्यक्रम पनि शनिबारसम्म जारी रहने निःशुल्क कपडा बैंकका अध्यक्ष मोकदम अन्सारी ले जनाएका छन । बैंकका अनुसार प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कपडा वितरण गरिने बैंकका संरक्षक साजिर मन्सूरले बताए ।
कार्यक्रममा संस्थाको तर्फबाट माधुरी गिरी, नितु यादव, पूजा कुशवाहा, अन्नु दास, बबिता देवी राम र सुमनती देवी रामलगायतको उपस्थिति रहेको थियो।
मेलामा आउने विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले सामाजिक सहयोग, मानवीय सेवा र आपसी सद्भावको सन्देश प्रवाह गरेको फेटा गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर