साजिर मन्सूर
कलैया,असोज १
नेपालकै दोश्रो बिधालयका रुपमा स्थापित बारा सदरमुकाम कलैयाको श्री ३ चन्द्र माबीका लागि स्वर्गीय ताराचन्द्र अग्रवालका परिवारले आफ्नो निजि लगानिमा चार कोठे भवन निर्माण गराएका छन । अमेरिकामा बस्दै आएका स्वर्गीय अग्रवालका चार जना छोरा मध्ये जेठा छोरा बजरङ्ग अग्रवालले आफू अध्ययन गरेको बिधालयमा कक्षाकोठाको अभाव भएको खबर आएपछी दुखित हुँदै आफुले चार कोठे भवन बनाएको बताए । आफु एसएलसि दिने बेला नेपालमै टप भएर अमेरिका अध्ययन गर्न पुगेका वहाँ सहित वहाका चार भाइ हाल अमेरिकामै बस्दै आएका छन । बजरङ्ग अग्रवाल सहित उनका सबै भाइ यहि बिधालयबाट अध्ययन गरेको मारवाडी सेवा समितिका अध्यक्ष निरन्जन अग्रवालले बताए । नव निर्मित भवनको रिबन काटेर उदघाटन गर्दै स्वर्गीय ताराचन्द्र अग्रवालका छोरा गोपाल अग्रवालले हामी सबै मिलेर यो बिधालयको बिकास गर्नुपर्ने बताए । प्रमुख अतिथी अग्रवालले जिर्ण भएको श्री ३ चन्द्र माबिको भवन जुन बेला पनि खस्न सक्ने कुरालाई दृष्टिगत गर्दै हामी पाच भाईले आफ्नो बुवा समाजसेवी ताराचन्द्र अग्रवालको पहिलो पुन्य तिथिको अवसरमा चार कोठे भवनको उदघाटन गरिएकोमा छाती फुलेको अनुभूति भैरहेको बताउनुभयो । गोपाल अग्रवालले असल समाज निर्माणका लागि शिक्षाको महत्वपूर्ण र अनिवार्य आवस्यक्ता भएकोले हामिले हाम्रो समाजको बिकासका लागि यसै गरि आवस्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । इमान्दारिताका साथ सबै नगरबासी र अभिभावक सहित जनप्रतिनिधिले पनि शिक्षाका लागि कन्जुस्याइँ नगरी लाग्नुपर्ने तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले बताए । बिधालयले नव निर्मित भवनलाई पेस्की सम्झी यो बराबरको शैक्षिक उपलब्धी दिएर फर्छौट गर्न सिंहले बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता मुकेश साहले श्री ३ चन्द्रको बिकासका लागि हरेक निकायले सहयोग गर्नुपर्ने बताए । देशकै दोश्रो बिधालय भएको यो बिधालयका लागि मारवाडी सेवा समितिले पनि सहयोग गर्ने अध्यक्ष निरन्जन अग्रवालले बताए । बिधालयका अध्यक्ष हरिओम सोनारले वडाबाट १६ लाखको बजेट बाट सौचालय र खानेपानी निर्माण भैइरहेको बताए ।
आफ्नो पालामा एसएलसिमा टप गरेका अमेरिका बस्ने कलैया ३ भवानिपुरका सफार अन्सारीले ११ र १२ पढ्ने ३ जना छात्रालाई आफैले पढाउने भन्दै छात्राबृती कोष स्थापना गरेका छन । बिधालयका प्रधानाध्यापक नरेन्द्र गिरिले अग्रवाल परिवारले बिधालयका लागि अझ ८ कोठे बनाउने प्रतिबद्धता जनाएको भन्दै त्यस्ता शिक्षा प्रेमी परिवार प्रती बिधालय सदैव ऋणि रहने बताए ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा बिधालय ब्यवस्थापन समितिका निबर्तमान अध्यक्ष हरिओम सोनारको अध्यक्षतामा भएको कार्यक्रममा गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादब,बारा उधोग बाणिज्य संघका महा सचिव रामाशिष साह,वडा नम्बर १ का सदस्य अन्जना घिमिरे,हरेराम मेहता,बिधालय ब्यवस्थापन समिती सदस्यहरु जोगिन्द्र कुश्वाहा,अमिका ठाकुर,मारवाडी सेवा समिति बाराका उपाध्यक्ष नवीन अग्रवाल, महासचिव भरत अग्रवाल,मारवाडी महिला मन्चको सचिव रश्मि अग्रवाल,कोषाध्यक्ष निषा अग्रवाल,बिधालय प्रशासनका अनिल कुमार साह,मदन कुमार मलिक,भरत साह लगायतकाको उपस्थिति रहेको थियो ।
बिधालयका शिक्षक जियालाल चौधरीले सन्चालन गरेको कार्यक्रममा स्वागत राजकुमार सापकोटाको रहेको थियो ।







