प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतीय नागरिक २० बर्षीय शंकर राम तथा सोही ठाउँका ३३ वर्षीय अशोक साह रहेका छन ।
सर्लाही प्रहरीका अनुसार लालबन्दी नगरपालिका–५ मेजरगंजमा शंकर सवार बीआर ३० टी ४०२५ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकका क्रममा सिटमुनि लुकाइराखेको ५ किलो ३४० ग्राम गाँजा बरामद गरिएको थियो ।



शंकरसँग सोधपुछ गर्दा लालबन्दीको एक होटेलबाट अशोकलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।









