शनिबार राति ८ बजेको समयमा बारामा भएको एक ६० बर्षीय बृद्धको हत्या आरोपमा प्रहरीले अहिलेसम्म ३ जनालाई पक्राउ गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने ६० बर्षीय श्रीनारायाण यादवको धरिली हतियार प्रहार गरी उनकै घर अगाडी घाटी रेटिएको थियो । लगतै यादवलाई उपचारको लागी प्रादेशी अस्पताल कलैयामा लाग्ने क्रममा बाटोमा मृत्यु भएको थियो ।
तत्कालै घटनास्थलमा पुगेको प्रहरीको टोलीले मुचुल्का उठाएर घटनाको अनुन्धान थालेको छ । त्यही क्रममा अहिले सम्म ३ संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । घटना अनुसन्धान कै क्रममा रहेको हुदा पक्राउ परेका ३ संदिग्ध व्यक्तिलाई सार्वजनिक गरिएको छैन ।












