नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियारले शनिबार राति बृद्धलाई हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको छ ।
नेपाल विद्यार्थी संग बाराले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो माग गर्नुभयो ।



महागढीमाई नगरपालिका -१ बस्ने ६० बर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको थियो ।









