२२ भदौ, काठमाडौं।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदै छ। घटनाको १३ औँ दिन (पुण्यतिथि) को अवसर पारेर सरकारले शोक व्यक्त गर्ने निर्णय गरेको हो।
राष्ट्रिय शोकका अवसरमा आज देशभरका सम्पूर्ण सरकारी कार्यालयहरूका साथै विदेशस्थित नेपाली राजदूतावास र कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।



यद्यपि, शोक दिवसका दिन आज सार्वजनिक बिदा भने दिइएको छैन।
गृह मन्त्रालय र सुरक्षा निकायहरूले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत सामग्री वितरणको कार्यलाई अझै निरन्तरता दिइरहेका छन्।








