३ असोज, बारा। बाराको महागढीमाई नगरपालिका–२ इनर्वा चौकमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब ४ बजे इनर्वा चौकस्थित सडकमा बाटो काट्दै गरेको कुकुरलाई बचाउन खोज्दा BR05BV 4176 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा महागढीमाई–२ इनर्वा निवासी ३३ वर्षीय मोटरसाइकल चालक जामुन प्रसाद यादवको टाउकोमा गम्भीर चोट लागेको थियो।



घाइते यादवलाई तत्काल उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोही दिन राति ८:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।









