जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार निवासी २६ बर्षीय अखिलेश कुमार साह र १९ बर्षीय किशोर राजकुमार पासवान रहेका छन ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीको टोलीले हेटौडाबाट अमलेखगंजतर्फ आउदै गरेको बीआर २२ जे ५३३३ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्दा फल्स बटम बनाई ४ पोकामा लुकाई राखिएको १५ किलो प्रतिबन्धित गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले भनेको छ ।

पक्राउ परेकालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर