पर्साको छिपहरमाई गाउँपालिकाका क्षिक्षा शाखा प्रमुख मेघराज रौनियारमाथि शिक्षकहरुले नै दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । शिक्षक तथा प्रधानाध्यापकको एक समुहले आफूमाथि कार्यकक्षमै कालोमोसो छ्यापेर कुटपिट गर्दै दुर्व्यवहार गरेको शिक्षा शाखा प्रमुख रौनियारले बताउनुभएको छ ।

मंगलबार दिउसोको समयमा काम गरिरहेको बेला नै कार्यकक्षमा पुगेका शिक्षक तथा प्रधानाध्यापकको एक समुहले आफ्ना शर्ट च्यातेर कालोमोसो छ्याप्नुको साथै हातपात गरेको शाखा प्रमुख रौनियारको भनाई छ ।

पिडित रौनियारको अनुसार प्रधानाध्यापक प्रभु गिरि, र शिक्षकहरु सुरेश साह कानु, ईम्तियाज मिया, चित्रबिक्रम साह, सत्रुधन साह, अवधेश दास तत्वा, पनालाल साह सहित ८ जनाले कार्यकक्षमानै प्रवेश गरी दुर्व्यवहार गर्नुको साथै नगद १० हजार , एकतोलाको सुनको सिकड़ी , आधातोलाको सुनको औंठी गरी दुई लाख ५० हजार बराबरको नगर र गरगहना लुटेर लागेको समेत आरोप लगाउनु भएको छ ।

शिक्षा शाखा प्रमुख रौनियारले ईलाका प्रहरी कार्यालयमा उजुरी दिदै घटनाको घटकहरुलाई तत्काल कडा कारवाही गर्न माग गर्नुभएको प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

तर प्रधानाध्यापक प्रभु गिरिले प्रमुख प्रसाशकीय अधिकृत र मेयरले शिक्षाको लागी बजेट निकाशा गर्न निर्देशन दीईसकेको भएपनि शिक्षा प्रमुख रौनियारले पैसा निकाशा नगर्दा आफुहरुलाई समस्या भएको बताउनुभयो । शिक्षा शाखा प्रमुख रौनियारको उदासीनताका कारण बिद्यालयमा चक डस्टरको अभाव संगै बिद्यार्थीको दिवा खाजा समेत प्रभावित भएको प्रधानाध्यापक गिरिले बताउनुभयो ।

तलब नपाउदा शिक्षकहरु मानसिक रुपमा अस्वस्थ हुनथालेकोले बिद्यार्थीहरुको पठनपाठनमा नराम्रो असर पर्न लागेको जानकारी दिदै प्रधानाध्यापक गिरीले अब बिद्यालय बन्द हुने अवस्थामा पुगेको जनाउनुभयो ।

उहाँले बिद्यार्थीको दिवा खाजा चलाउनको लागी समेत शिक्षा प्रमुख मेघराज रौनियारले घुस मागीरहेको आरोप लागाउनुभयो । यता ईलाका प्रहरी कार्यालय पोखरियाले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर