पर्साको वीरगञ्ज महानगरपालिका ड्राइपोर्ट बहुवरी नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि बुधवार बेलुकी भएको सडक दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन् ।

दुर्घटना बाराको कवहीगोठ निवासी १६ वर्षीय किशोर र मोटरसाइकल चालक सन्दीप पाण्डे सवार ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा भएको हो । ठक्करबाट किशोरको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते चालक पाण्डेको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार, ट्राफिक प्रहरीको भूमिकामाथि स्थानीयहरूले गम्भीर प्रश्न उठाएका छन् । दुर्घटना स्थलबाट मात्र एक सय मिटरको दूरीमा ट्राफिक प्रहरीको उपस्थिति भए पनि उनीहरू समयमै घटनास्थलमा नपुगेको स्थानीयहरूले आरोप लगाएका छन् ।

शवलाई एम्बुलेन्सले लिएर गएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको र यसबिच ट्रकले भाग्न सफल भएको स्थानीयहरूको भनाइ छ । ट्राफिक प्रहरीको लापरबाहीका कारण ट्रक भाग्न सफल भएको उनीहरूको आरोप छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर