सर्लाहीमा सेतो हेरोईनसहित दुईजना पक्राउ परेका छन । बिशेष सुचनाको अधारमा जिल्ला प्रहरीकार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु प्र.०३-००५ प ५२६२ नम्बरको मोटरसाईकलमा भारतबाट सर्लाहीको मधुबनीतर्फ आउदै गरेको आवस्थामा गौडैता नगरपालिका वडा नम्बर १२ मा उनीहरुलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट ५२ ग्राम ५१० मिलिग्राम सेतो हेरोईन बरामद भएपछी पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले थप ३३ हजार ३२० रुपैया दुई सेट मोबाईल फोन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसधान भईरहेको हुदा उनीहरुको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो ।







