पुष ५ गतेदेखि निरन्तर बढ्दै गएको चिसोका कारण वीरगंज महानगरपालिकाका बिद्यालयमा भोलिदेखि ३ दिनसम्मको लागी बिदा दिईएको छ ।
मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जारी गरेको सूचनामा वर्षे विदामा कट्टा हुने गरि भोलि पुस २४ गते बुधबारदेखि पुस २६ गते शुक्रबारसम्म तीन दिन वीरगंज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको उल्लेख छ ।
तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।
जसका कारण पर्साका जिराभवानी गाउँपालिका र ठोरी गाउँपालिका बाहेक अन्य १२ पालिकाहरुमा जाडो बिदा दिईएको छ ।







