जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेशका ३८ बर्षीय धर्मेन्द्र गुप्ता , ४८ बर्षिय चन्द्रभना कुशवाहा र ३२ बर्षीय चन्द्रभान श्रीवास्तव रहेका बार प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीको टोलीले प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रस्टोकाबाट बेलहिया तर्फ आउदै गरेको युपी ३२ बि.एक्स ४७२६ भारतीय नम्बरको बोलोरो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडी भित्र लुकाई राखिएको प्रतिबन्धित गाँजा १० किलो फेला परेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

पक्राउ तिनै जनालाई बारा प्रहरीको हिरासतमा राखेर लागुऔषध सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्तासमेत रहनुभएको सापकोटाले जनाउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर