पर्सा प्रहरीले वीरगंजबाट ठुलो परिमाणमा लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ गणेश टोलबाट १९ किलो ५ सय ग्राम चरेश बरामद भएको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीको टोलीले गणेश टोलको भित्रि सडकमा बेवारिसे रहेको १३ वटा प्याकेट उक्त परिमाणको लागुऔषध चरेशलाई बरामद गरेको हो ।

गोप्य सुराकीको अधारमाखटिएको प्रहरीको टोलीलाई देखेर तस्करले चरेश फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । फरार तस्करको खोजि कार्य भईरहेको प्रहरीले भनेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर