नागरिकता मुद्दामा अदालतबाट जरिवाना पाएका पाँच जना प्रतिवादीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका- ५ बस्ने शिव गोबिन्द महरा,उदय नारायण सिंह चनौ,सत्य नारायण यादव,रामचन्द्र महतो कोईरी र अच्छेलाल राउत रहेका छन् ।

पक्राउ परेकाहरुलाइ अदालतले नागरिकता मुद्दामा पाँच हजार जरिवाना तोकेकोमा फरार रहदै आएका थिए ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलिले लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि अदालतमा दाखिल गरिएको उहाँले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर