मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज वीरगंजका निजी अस्पतालहरूको अनुगमन गर्नुभएको छ।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर सहितको टोलीले वीरगञ्जका विभिन्न निजी अस्पतालहरूको निरीक्षण गरेको हो।

अनुगमन टोलीले सबैभन्दा पहिले भवानी अस्पतालको निरीक्षण सम्पन्न गरेको थियो। सोही क्रममा अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

भवानी अस्पतालबाट सुरु भएको अनुगमन अहिले प्रभु अस्पतालमा जारी रहेको छ भने अन्य निजी अस्पतालहरूमा पनि निरन्तर भइरहेको छ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको यो अनुगमनले निजी अस्पतालहरूको सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिने उद्देश्य राखेको छ। स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार गम्भीर रहेको अनुगमन टोलीले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर