बारामा २१ किलोभन्दा बढी लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा मकवानपुर, राक्सिराङ्ग-१ हाँडिखोला निवासी ४० वर्षीय अर्जुन रुम्बा, ३४ वर्षीय राजु लामा, र ३१ वर्षीय प्रदीप मोक्तान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-१, पथलैया चोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार नारायणगढबाट वीरगंज जाँदै गरेको बा ४ ख ७५१७ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्दा सिटमुनि लुकाइएको अवस्थामा २१ किलो लागूऔषध गाँजा फेला परेको थियो।

त्यसैगरी, बाराको अमलेखगञ्ज चोकबाट ४.९ किलो लागूऔषध गाँजासहित वीरगंज-१८, ईनर्वा मैनालीका २१ वर्षीय राजकिशोर कुर्मी पक्राउ परेका छन्। हेटौंडाबाट वीरगंजतर्फ पैदल जाँदै गरेका कुर्मीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको झोलाभित्र गाँजा लुकाएर लैजाँदै गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

चारै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर