२८ भदौ,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सुल्झाउन र आन्तरिक एकता कायम गर्न पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका नेताहरूलाई वर्तमान केन्द्रीय समितिमा आउने बाटो खुला गरेको छ।

कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि नयाँ समितिमा पर्न नसकेका देउवा पक्षका पूर्वकेन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशनको आयोजक समितिकै रूपमा केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो।

पार्टीले १५औँ महाधिवेशनका लागि असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तोकेको छ। महाधिवेशनको वातावरण सहज बनाउन गत पुससम्म नवीकरण भइसकेका सबै क्रियाशील सदस्यहरूलाई समेत पूर्ण मान्यता दिने निर्णय कांग्रेसले गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर