३१ भदौ, काठमाडौं सरकारले सुत्केरी बिदाको अवधिमा उल्लेख्य वृद्धि गर्ने प्रस्ताव अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन विधेयक तयार पारेको हो।

उक्त विधेयकलाई मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने मन्त्रालयको तयारी छ।
कानुनमन्त्री सोविता गौत्तमका अनुसार विधेयकमा आमालाई हाल कायम ९० दिनको बिदा बढाएर कम्तीमा ६ महिना (तलबसहित) र बाबुलाई दिइने प्रसूति स्याहार बिदा १५ दिनबाट बढाएर ४२ दिन (तलबसहित) पुर्‍याउने प्रस्ताव गरिएको छ।

बदलिँदो जीवनशैली र कामको चापका कारण धेरैजसो दम्पती १-२ सन्तानमै सीमित भइरहेको सन्दर्भमा नवजात शिशुको पालनपोषणलाई दम्पतीको साझा दायित्वको रूपमा स्थापित गर्न र मातृत्व-पितृत्वको समयमा पर्याप्त समय उपलब्ध गराउन यो नीतिगत परिवर्तन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर