कार्तिक २१ बारा ।नेपाली कांग्रेस जितपुरसिमरा उपमहानगरपालिका–८ वडा कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेता कार्यकर्ताबीच आपसी सद्भाव, एकता र सांगठनिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य मेघा शाही प्रमुख अतिथि थिइन्। कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित केन्द्रीय सदस्य शाहीलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए।



कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्णवर्त सिंह, इन्द्रबहादुर पन्त, बारा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति लोकेशकुमार सिंह, प्रदेशसभा क्षेत्र ४ (क) का सभापति छविलाल शर्मा, ४ (ख) का सभापति विजय गुप्ता, नगर सभापति रमेश पण्डित, वडा नं. ८ का सभापति कैलाश महतो धानुक, वडा नं. ७ का सभापति सुरेन्द्र गुप्ता, वडा नं. ६ का सभापति फैजल अन्सारी तथा क्षेत्र नं. ४ (क) का सहसचिव रविन्द्रप्रसाद कुशवाहालगायतका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो।
कार्यक्रमका वक्ताहरूले चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले पार्टीभित्र सांगठनिक एकता, आपसी सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रम समापनमा आयोजक वडा कमिटी तथा सहसचिव कुशवाहाले सम्पूर्ण उपस्थितप्रति आभार व्यक्त गरेका छन्।









