कलैया । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछिपछि विरुद्ध नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ ।
नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विप्लप नेतृत्वको पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।पार्टीका महासचिव विप्लवले आज (बिहीबार) प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् ।
कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् । 







