३असोज,जीतपुरसिमरा (बारा)। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नेपाल केबल अगाडि आपसी झै–झगडाका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ३८ वर्षीय शेरबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार सोही स्थानका ठुले राईका छोरा करिब २२ वर्षीय आयुष राईले विवादका क्रममा खड्कामाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।

घाइते खड्कालाई सुरुमा उपचारका लागि सिमरा नगर अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो। उनको उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनापछि आरोपित आयुष राई फरार रहेको र उनको खोजीका साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर