४असोज, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरा स्थित सम्झना स्टाफ होटलमा खाजा खाने क्रममा भएको सामान्य विवादमा ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार गरी हत्या गरिएको छ। घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनालगत्तै फरार भएका मुख्य अभियुक्त २५ वर्षीय आयुष राईलाई प्रहरीले जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानखेतबाट शनिबार राति नै पक्राउ गरेको छ।

यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीनजनालाई नियन्त्रणमा लिएको छ भने सोधपुछका लागि होटलकी सञ्चालिकालाई पनि ईलाका प्रहरी कार्यालय सिमराले प्रहरी हिरासतमा राखेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार बाहिरबाट आएका राईले खाजा खाइरहेका खड्कासँग विवाद गरी होटलकै भान्छामा रहेको मासु काट्ने चक्कु प्रहार गरेका थिए। अहिले मृतकको शव वीरगञ्जस्थित बयोधा मेडिसिटी हस्पिटलमा राखिएको छ भने बारा प्रहरीले घटनावारे थप अनुसन्धान अघि बढाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर