काठमाडौँ । ओमानमा भइरहेको चारदेशीय टी-२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा आज नेपालले आयरल्याण्ड्सँग खेल्ने भएको छ ।
खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग नेपाल पराजित भएको थियो । यस्तै आजै ११ः४५ बजे ओमान र युएई खेल्नेछन् ।







