साजिर मन्सूर
कलैया,कार्तिक २

कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले खेलकुद को उर्वर भुमी बारा सदरमुकाम कलैयामा यहि आव मा महिला तथा पुरुषको रास्ट्रीय स्तरको कबड्डि प्रतियोगिता गराउने घोषणा गरेका छन । कलैया ३ भवानिपुर स्थित सिदेस्वर खेल परिशरमा मधेस प्रदेश स्तरिय महिला कबड्डि प्रतियोगितामा सहभागी हुन जान लागेका बाराका महिला कबड्डि खेलाडीहरुलाई सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर साहले यस्तो घोषणा गरेका छन । बारा जिल्ला हरेक खेलको लागि अब्बल भएको त्यसमा पनि कलैया खेलाडिको उर्बर भुमी भएको बताउदै मेयर साहले यो बर्षनै देशका हरेक रास्ट्रीय स्तरको क्लब र बिभागिय क्लबको सहभागीता रहने एतिहासिक कबड्डि प्रतियोगिता गराउन कबड्डि संघ बाराको आयोजनामा सो प्रतियोगिता गराउने प्रतिबद्धता जनाएका छन ।
सोही कार्यक्रममा बोल्दै नगर खेलकुद बिकास समिति का सम्योजक एम समिउल्लाहले खेलाडिलाई सुभकामना सङ्गै अनुशासन मा रहेर उच्च मनोबलका साथ खेल्न सुझाव दिए ।बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले समेत जितेर बारा जिल्लाको नाम गर्न भन्दै सुभकामना दिएका छन ।
खेलाडी हरुलाई जनमत पार्टी केन्द्रिय सदस्य एवम बाराका ईन्चार्ज शिवनाथ पटेल र बारा उधोग बाणिज्य संघ का उपाध्यक्ष द्वय दिपु गुप्ता र प्रदिप साह( गोल्डेन) ले सन्चालन गरेको दिपु राईस मिल ले एक/एक थान जर्सी सबै खेलाडी तथा ब्यवस्थापक लाई संघ को आग्रहमा उपलब्ध गराएकोले संघका अध्यक्ष फुलमहमद मन्सूरले वहाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बारा कबड्डि संघ का अध्यक्ष फुलमहम्द मन्सूरको अध्यक्षतामा भएको सम्मान तथा बिदाई कार्यक्रममा बारा उधोग बाणिज्य संघका उपाध्यक्ष दिपु साह,प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,बारा पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता
वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष तथा कबड्डि संघ बाराका उपाध्यक्ष मिश्री जट्टा शंकर सहनि, कबड्डी संघका मधेश प्रदेश सचिव महेश साह,समाजसेवी बिनोद पाल,
संघका सचिव अन्तरास्ट्रिय खेलाडी मुन्ना पटेल पत्रकार सिकेन्द्र पास्वान,पन्नालाल दास,काङ्ग्रेस महासमिती सदस्य रामाकान्त साह,काङ्ग्रेस नेतृ सलमा बेगम,कबड्डिका कोच सन्दिप गुप्ता,म्यानेजर शिवचन्द्र पटेल,काङ्ग्रेस युवा औसान मन्सूर,राजेश साह, बैनाथ साह,आशिक महमद,चनरदेव कुश्वाहा,बिद्यार्थी नेता ईन्जाद अन्सारी,राजु साह(दिपु गुप्ता का दाइ) लगायतकाको उपस्थिति रहेको थियो ।

बाराबाट खेल्न गएका महिला खेलाडीहरुमा अर्पिता पटेल (क्याप्टेन),प्रिति परेल बिमा तामाङ्ग,आदिती चौरेल,सजिता लेष्ठ,अचन चौधरी,मनिसा राना,प्रिया राय,रोशनी राज्य,समझना चौधरी रहेका छन ।
बिदाई कार्यक्रम को संचालन प्रेस संघ बाराका सल्लाहकार साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर