साजिर मन्सूर
कलैया,भदौ २१
बाराको कलैया उपमहानगरपालिका -६ गढिमाई रोडमा गुप्ता पेट्रोल पम्प अगाडी शुभकार्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संचालनमा आएको छ ।

oplus_2
उक्त सहकारी संस्थाको उद्घाटन कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साहले एक कार्यक्रमका बिच रिबन काटेर गरेका हुन् । मेयर साहले अहिलेको अवस्थामा धेरै सहकारी संस्थाका सन्चालक बिबादास्पद बनेको बेला संस्थाको सम्पुर्ण सन्चालक ईमान्दार भएर संस्था को प्रगति सङ्गै शेयर सदस्यको हितमा काम गर्न सुझाव दिए । उनले सहकारीको असल अभ्यास ले बिपन्न बर्ग लाई अत्यन्तै सहज भएको बताए ।
उक्त सहकारी संस्थाका संचालक समितिका अध्यक्ष आलिम मियाले संस्थाको मुख्य उदेश्य नै आफ्ना सदस्यको जीवन स्तर उकास्ने खालका आर्थिक गतिविधि गर्ने रहेको बताएका छन । आफुहरु अन्य केही बिबादित संस्था जस्तो बाटोमा कदापी नहिड्ने बताए ।
उक्त उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिका -६ का वार्ड अध्यक्ष रामविश्वस ठाकुर,४ का वडा अध्यक्ष रामेस्वर यादव,८ का वडा अध्यक्ष रन्जित चौरसिया वार्ड सदस्य नेजामुदिन हवारी,किशोरी प्रसाद पण्डित,कुदरत मिया,धर्मेद्र प्रसाद यादव,सन्दिप साह,सदाम हुसेन मंसुर,अनिल यादव,अशोक यादव,नाजिर हुसेन,संस्थाका कोषाध्यक्ष सर्वण कुमार साह सहित कर्मचारीहरु लगायतको उपस्तिथि रहेको थियोे ।







