बारा, जेष्ठ ३०

बारा जिल्ला क्रिकेट संघको सातौं अधिवेशनबाट प्रभातकुमार चौरसिया पुनः अध्यक्षमा चयन भएका छन्। शनिबार कलैयामा सम्पन्न अधिवेशनले चौरसियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा सुवास जयसवाल तथा कोषाध्यक्षमा जितेन्द्र यादव चयन भएका छन्।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा अनिल चौगाई, गणेश शाह, पवन अग्रवाल, समीर ठाकुर, तसिरुद्धिन मिया मन्सुर, मोहम्मद सबिर, जटाशंकर सराफ, दीपेश श्रेष्ठ, मुकेश उपाध्याय र समीर क्षेत्री थापा चयन भएका छन्।
अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बारामा क्रिकेट खेलको विकास, खेलाडी उत्पादन, प्रतियोगिता सञ्चालन तथा जिल्लामा क्रिकेट गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित अध्यक्ष चौरसियाले जिल्लामा क्रिकेटको लोकप्रियता बढाउँदै युवा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि संघले योजनाबद्ध रूपमा काम गर्ने बताएका छन्। सर्वसम्मत रूपमा नेतृत्व चयन हुनु संघभित्रको एकता र खेल विकासप्रतिको साझा प्रतिबद्धताको संकेत भएको सहभागीहरूले बताएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर