७ असोज, काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ बाट क्षेत्रीय प्रतिनिधि चुनिएका १७ वर्षीय सुजल चापागाईंको निर्वाचित जिम्मेवारी उमेरसम्बन्धी प्रावधानका कारण स्थगित गरिएको छ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ को उपधारा १(क)(१) अनुसार पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ।

चापागाईं ३५ वर्षमुनिको युवा कोटाबाट वडा अधिवेशनमार्फत सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। तर नागरिकता विवरणअनुसार उनी हाल १७ वर्षका रहेकाले विधानअनुसार उनको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरिएको हो।

उनी २०८३ माघ १८ गते १८ वर्ष पूरा भएपछि, आफ्नो इच्छाअनुसार पार्टी सदस्यता कायम गर्न सक्ने र त्यसपछि मात्र सम्बन्धित जिम्मेवारी कायम हुने स्पष्ट गरिएको छ।

यस्तै प्रकृतिका उम्मेदवार अन्य जिल्लाका वडा अधिवेशनबाट निर्वाचित भएको पाइएमा उनीहरूका हकमा पनि यही प्रक्रिया लागू गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनपछि विभिन्न जिल्लामा युवा पुस्ताका प्रतिनिधिहरू समेत चयन भएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर