१० असोज, बारा। नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको सभापतिमा रमेश पण्डित निर्विरोध निर्वाचित भएका छन्। सभापतिका अर्का आकांक्षी छविलाल शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पण्डितलाई समर्थन गरेपछि सहमतिमा नेतृत्व चयन भएको हो। बिहीबार राति दुवै जनाले मनोनयन दर्ता गराएका थिए र शुक्रबार मतदानको कार्यक्रम तय भए पनि अन्तिम समयमा सहमति जुटेको थियो।

नगर समितिका सबै पदाधिकारीहरू पण्डित पक्षकै निर्विरोध चयन भएका छन्। उपसभापतिमा उदयबहादुर श्रेष्ठ, महिला उपसभापतिमा ज्ञानीदेवी पासवान, सचिवमा विनोद अधिकारी र सहसचिवमा दीपक दाहाल निर्वाचित भएको जानकारी निर्वाचन अधिकृत सूर्यजीत सिंहले दिएका छन्।

कार्यसमितिको सदस्य पदका लागि मनोनयन दर्ता गराएका दुवै समूहलाई मिलाएर १७ जनाको नाम घोषणा गरिएको छ। निर्वाचित सदस्यहरूमा सरस्वती कंडेल, रिया सापकोटा, नेहा अधिकारी, हुसेन आरा खातुन, गायत्री देवी, पासाङ माया जिम्बा, सावित्री देवी, तुलसा तिमल्सेना, दुर्गा देवी माझी मुसहर, मिनाकुमारी मोक्तान, नैना देवी, नारायणप्रसाद बराल, मनिष भट्ट, चोलेन्द्र कटुवाल, मनोज साह, इश्वरीप्रसाद पौडेल र मुरारीप्रसाद तिमल्सेना रहेका छन्।

कुल ५३ सदस्यीय नगर समितिमा ५ पदाधिकारी र १७ सदस्य गरी २२ जना निर्विरोध निर्वाचित भएका हुन् भने बाँकी सदस्यहरू पछि नगर समितिले मनोनीत गर्नेछ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रमाणपत्र वितरण गर्नुभएको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर