२३ असोज ,काठमाडौँ । सरकारले शिक्षकहरूलाई व्यक्तिगत सवारी साधन खरिदमा ब्याज सहुलियत उपलब्ध गराउने गरी कानुनी व्यवस्था अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले अधिकतम ५० लाख रुपैयाँ र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको चारपाङ्ग्रे सवारी साधन खरिद गर्न पाउनेछन्। त्यस्तै माध्यमिक तह तृतीय श्रेणीसहित निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकका लागि ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

सवारी साधन खरिद गर्दा बैंकमार्फत हुने कुल लागतको ८० प्रतिशतसम्मको किस्तागत ब्याज रकम शिक्षक बहाल रहेसम्म नेपाल सरकारले व्यहोर्नेछ भने बाँकी २० प्रतिशत रकम शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। अर्थ मन्त्रालयको सहमति र मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर