१० मंसिर , बारा। बाराको महागढीमाई नगरपालिकामा रहेको भोला राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयकिसुन प्रसाद यादव प्रहरी नियन्त्रणमा परेका छन्। महागढीमाई नगरपालिका–३ का ३८ वर्षीय यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार प्रहरी चौकी गन्जभवानीपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) बहादुर यादवसँग वादविवाद गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका यादवमाथि मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर