साजिर मन्सूर
बारा, १० मंसिर
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषाको आयोजनामा बारामा प्रदेशस्तरीय पोषण विशेष कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका पोषण विशेष कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।
बाराको होटल सूप्रीया पिपलुवामा मंसिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेशस्तरमा सञ्चालन भइरहेका पोषणसम्बन्धी कार्यक्रमहरूको अवस्था, उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूबारे छलफल हुने कार्यक्रमको उद्देश्य रहेको बिनोद यादवले जानकारी गराए ।
पोषण मानव स्वास्थ्य र समग्र विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले बालबालिका, गर्भवती तथा सुत्केरी महिला लगायत लक्षित समुदायमा पोषणको अवस्था सुधार गर्न सरकारी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको छ। यसै सन्दर्भमा गोष्ठीले हालसम्मका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्ययोजना निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा पोषण विशेष कार्यक्रमको प्रभावकारिता अभिवृद्धि, कार्यक्रम सञ्चालनमा देखिएका समस्या पहिचान, उपलब्ध स्रोतसाधनको उचित परिचालन तथा आगामी आर्थिक वर्षका लागि आवश्यक योजना र रणनीति निर्माणका विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।
गोष्ठीबाट प्राप्त सुझाव तथा निष्कर्षले मधेश प्रदेशमा पोषणसम्बन्धी कार्यक्रमलाई थप व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री सरोज यादव कार्य ब्यस्तताले आउन नसकेपनी कार्यक्रम अवधिभरमा आउने भएकोले वहाको स्थानमा पानसमा बति बालेर विशिष्ट अतिथि प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य डा. सनत नारायण यादवले उदघाटन गरेका थिए ।



स्वास्थ्य निर्देशनालय का निर्देशक नवल किशोर झाको अध्यक्षता एवम मा. मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य डा. सनत नारायण यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव जय गुरु,
महिला बालबालिका सामाजिक न्यायिक समिति, प्रदेश सभा, मधेश प्रदेको सभापति रुपा कुमारी यादव, नीति तर्जुमा तथा स्वास्थ्य जनस्वास्थ्य महाशाखाका डा. मुक्ति नारायण साह,आपूर्ति व्यवस्थापन केन्द्र, तालिम केन्द्रका निर्देशक चान्दनी जयस्वाल,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रीयन्का दास लगायतकाको उपस्थिति रहेको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका जन स्वास्थ्य अधिकृत बिनोद यादवले सन्चालन गरेको कार्यक्रममा स्वागत खोप सुपरभाइजर राजदेव यादवले गरेका थिए ।
उपस्थित सबैलाई ब्राईट ल्यान्ड बोर्डिङ स्कुलका बच्चाहरुले झिझिया एवम स्थानिय संस्कृतिक नृत्यले स्वागत गरेको निर्देशनालयका सुचना प्राबिधिक रहमत राईनले जानकारी गराए ।









