कलैया । नेपाल को इतिहासमा पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि कुनै पनि सरकारी कार्यालय ले खर्च गर्न पाउने छैन् ।

संवैधानिक व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट संसद्‌ चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार अथार्त आज सकिँदैछ ।

तर सभामुख ले संसद बैठक असोज ४ गते सम्म स्थगित गरेका छन् । पास नहुदा आज देखि सरकारी कार्यालय ले कुनै खर्च गर्न पाउने छैन्न । यद्यपि सरकारले राजस्व उठाउन पाउने छ ।सरकारलाई एकदमै समस्या परि खर्च गर्नुपर्ने अवस्था आएमा सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् । तर, अहिलेको बेला जस्तो नियमित खर्च गर्न पाइनेछैन ।

आज रातिदेखि सार्बजनिक खर्च गर्ने बाटो नै बन्द हुने अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले बताउनुभयो ।आज रातिसम्म बजेटको अन्योलबारे कुनै निर्णय नभए सार्वजनिक निकाय बन्द गनुपर्ने अवस्था आउँछ र देश ‘बजेट होलिडे’तर्फ जानेछ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५/७ दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभएको छ । बजेट होलिडेको स्थिति आउनुलाई सरकारको कमजोरीका रुपमा समेत हेरिएको छ । यद्यपि संसद अवरोध कायम नै छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर