
साजिर मन्सूर
कलैया, असोज २
नेपाल प्रेस युनियन बारा साखाको बैठक सम्पन्न भएको छ । जितपुर सिमरा उपमहानगरपालिका स्थित हलखोरिया साझेदारी बन ब्यवस्थापन समितिको प्राङ्गण घाटगद्दि डुमरबानामा सम्पन्न बैठकले बारामा रहेका सम्पुर्ण सन्चारकर्मीको हकहितका लागि कदम चाल्नुका साथै सन्चार छेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको कमि रहेको भन्दै सो बाताबरण निर्माणका लागि सबैले आ आफ्नो स्थानबाट कदम चाल्नुपर्ने प्रेस युनियन बाराका संस्थापक अध्यक्ष तथा सम्बिधान सभा सदस्य सोभाकर पराजुलिले बताएका छन । सोही अवसरमा बोल्दै नेपाल पत्रकार महा संघ प्रदेस २ का सचिव एवम बाराका पुर्व अध्यक्ष गुरु प्रसाद गौतमले बाराली सन्चार छेत्रको समग्र बिकासका लागि तिनै तहका सरकारले कन्जुस्याई गरिरहेको बताउदै देशको हरेक परिवर्तनमा पत्रकारले खेलेको भुमिकालाई नजर अन्दाज नगर्न सम्बन्धित सबैलाई आग्रह गरे । गौतमले तिनै तहका सरकारले सन्चार जगत सछम र सबल तथा स्वतन्त्र भए मात्र आम नेपाली नागरिकले सहि सुचना पाउने बताए । कुनै किसिमको प्रभाव र दबाब बिना सन्चार छेत्रको कल्पना गर्ने बाताबरण बनाउने जिम्मा राज्यको भएको सो का लागि सरकार कदम चाल्नुपर्ने पत्रकार महा संघ बाराका निबर्तमान उपाध्यक्ष राकेश पाण्डेले बताए । अहिलेको समयमा विभिन्न खालका समाजिक सन्जाल को दुरुपयोग गरि सन्चार जगतलाई समेत बदनाम गराउने केही उपर पत्रकार महा संघ बाराले निगरानी गरिरहेको भन्दै बेलैमा सचेत हुन महा संघ बाराका अध्यक्ष रेशम तिवारिले बताएका छन । तिवारिले बाराको पत्रकारितामा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई आफुले मिलाउने प्रयास गरिरहेको बताएका छन । अहिलेको समयमा जनता द्वारा केही सन्चारकर्मिको बारेमा आएका गुनासा लाई समेत आफुले नियालेर हेरिरहेको बताएका छन । सो अवसरमा अन्य विभिन्न समसामयिक बिषयमा छलफल गरिएको प्रेस युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडाले बताए ।
शाखा अध्यक्ष श्यामबाबु यादबको अध्यक्षतामा भएको बैठक कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का पुर्व सदस्य भोजराज भट्टराई,सिकेन्द्र पास्वान,प्रेस युनियन बाराका पुर्व अध्यक्ष रबिन्द्र सिंह,गणेश रिजाल,पुर्व उपाध्यक्ष उपेन्द्र यादब,बरिस्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ,निबेश तिमिल्सिना,पत्रकार महा संघ बाराका पुर्व सचिव जयनारायण यादब,पुर्व सह सचिव सन्तोष पाण्डे,कोषाध्यक्ष मुकेश यादब,प्रेस युनियन बाराका उपाध्यक्ष अनिल साह,सदस्यहरु धिरेन्द्र पनुहर,रबिन्द्र साह लगायतकाको उपस्थिति रहेको थियो । प्रेस युनियन बाराका कोषाध्यक्ष बसन्त शर्माले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव साजिर मन्सूरले गरेका थिए ।