साजिर मन्सूर , कलैया । कलैया उपमहानगरपालिका १७ मा रहेको श्री महाबिर नेरा माबी ब्रहम्पुरिमा नगर प्रमुख राजेश राय यादबले एक कार्यक्रमका बिच पुस्तकालयको रिबन काटेर उदघाटन गरेका छन । बिधालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमको अवसर पारेर बिधालयले बाल दिवस एवम शाछरता दिवसका अवसर आयोजित अतिरिक्त क्रियाकलापका बिजेता बिद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरेको बिधालयका प्रधानाध्यापक रमेश कुश्वाहाले बताए ।
कुश्वाहाले आफू भर्खरै केही महिना पहिले यो बिधालयमा प्रधानाध्यापक भएर आएको र अब बिधालयको समग्र उपलब्धि प्राप्तिमा केन्द्रित रहने बताए । कुश्वाहाले पाठ्यपुस्तक,फर्निचर तथा फर्निसिङ्ग का करिब ६ लाख ५० हजारको सामग्रीहरु उपमहानगरले उपलब्ध गराएको बताए । कुश्वाहाले बिधालय भवन जिर्ण भैसकेको भन्दै नया भवन बनाउन बजेट छुट्याउनु पर्ने मा संबंधित निकायलाई ध्यानाकर्षण गराए । सौचालय, खानेपानी लफायतको समेत अभाव भएको कुश्वाहाले बताए । कुश्वाहाले यो बिधालयमा बालबिकास को कक्षा नहुदा सार्है गार्हो भएकोले बाल बिकास कक्षा सन्चालन गर्नमा मदत गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख यादबले शिक्षाका लागि आफू सचेत रहेको र यस बिधालयमा अपुग भएको शैक्षिक सामग्री तथा भवनका लागि आवस्यक प्रबन्ध मिलाउने गरि योजना ल्याउने बताए । निर्माण भएको पुस्तकालयको सहि सदुपयोग गर्न समेत बिद्यार्थीलाई भन्दै नगरका सबै पुस्तकालयलाई स्मार्ट पुस्तकालयका रुपमा बिकास गर्दै जाने योजना लाई कार्यान्वयनमा ल्याउने मेयर यादबले बताए । यादबले बालबिकासको कक्षा सन्चालन गराउन लाई प्रक्रिया अगाडी बढाउन निर्देशन दिए । सौचालय र खानेपानी को प्रबन्ध गर्न पहल गराउने प्रतिबद्धता जाहेर गरे ।
उक्त अवसरमा कलैया उपमहानगरपालिकाका वडा नम्बर १७ का अध्यक्ष सुगन्ध महतो कोइरीको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप सचिव प्रल्हाद बर्णवाल,काङ्ग्रेसका पुर्व जिल्ला सचिव तेजनाराण साह,शिक्षा समिती सदस्य राजकिशोर सहनी,काङ्ग्रेस युवा नेता तथा वडा १७ का वडा अध्यक्षका प्रत्यासी दिपेन्द्र कुश्वाहा, १७का वडा सचिव राजिव पाण्डे,काङ्ग्रेस युवा नेता दिपेन्द्र पटेल,जसपाका दिनेश पटेल,महिन्द्र राउत,श्री प्रसाद साह,प्रभु पटेल,कारी मिया,लुमन्तिका अनिल मण्डल,नाजिर अन्सारी,सन्चारकर्मी श्रीकान्त गुप्ता सहित स्थानिय शिक्षा प्रेमी तथा अभिभावक र बिद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो । बिधालयका शिक्षक रामाकान्त यादबले सन्चालन गरेको कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक रमेश कुश्वाहाले गरेका थिए ।